प्रदेश एकमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो
सुनसरी – प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ । 
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।
झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन् ।
प्रदेश एकमा हिजोसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ । यो सगै देशभरमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्