प्रदेश १ को कोशी अस्पतालबाट थप ८ जना डिस्चार्ज
विराटनगरः प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् ।
आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् । आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
आज ८ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्