उपत्यकासहित थप २७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४०२
काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि गरेको छ ।
थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/630841271110093/
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्