पर्सामा हट्यो आजबाट निषेधाज्ञा
राहुल गुप्ता
जेठ ६ वीरगञ्ज । पर्सामा आजबाट निषेधाज्ञा हटेको छ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले यस्तो निर्णय हो।
गत बैशाख ३० गते राति ८ बजेदेखि लागु हुने गरी जारी गरिएको निषेधाज्ञा जेठ ५ अर्थात आज राति १२ बजेसम्मका जारी गरिएको थियो ।
निषेधाज्ञाले स्थानीयको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएपछि चौतर्फी रुपमा निषेधाज्ञा हटाउनुपर्ने माग उठ्दैं आएको थियो।
निषेधाज्ञा हटे पनि नेपाल सरकारले लकडाउनलाई जेठ २० गते सम्मका लागि लम्ब्याएका लागि लकडाउनको नियम पालना गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सबै सँग अनुरोध गरेको छ।
साथै, सामाजिक दुरी कायम गरेर अत्यावश्यक सामानका पसल खोल्न दिने तर व्यवसायी तथा ग्राहकले सामाजिक दुरी कायम नगरी कोरोनाको जोखिमलाई बढाए थप कडा निर्णय लिन प्रशासन बाध्य हुने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

क्याटेगोरी : समाचार
ट्याग : #पर्सा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्