पर्सामा निषेधाज्ञा हट्यो, बन्दाबन्दीमा कडाई
वीरगंज ६ जेठ । पर्सामा गत वैशाख ३१ गतेदेखि लागू भएको निषेधाज्ञा हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको बैठकले सोमबार राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
जिल्लामा लागू गरिएको निषेधाज्ञा हटाउँदै लकडाउनलाई प्रभावकारी बनाउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । बैठकले समाजिक दुरी कायम गरेर कृषि तथा खेतीपाती गर्न दिने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु सञ्चालन गर्ने, मलखाद, बिउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय गरेको बस्नेतले बताए ।
यसैगरी बैठकले भारतीय तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेको छ ।
मंगलबारदेखि वीरगञ्जका अतिआवश्यक खाद्य सामग्री विक्री वितरण गर्ने किराना पसलहरुमा सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ ग्राहक र पसलेले सामान खरिद तथा बिक्री गर्न पाउने निर्णय गरेको छ ।
गत वैशाख ३० गते एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नुको साथै निषेधाज्ञा जारी गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #पर्सा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्