कर्णाली प्रदेशमा पनि संक्रमण, संक्रमित पुगे ३७५
काठमाडौँ, ५ जेठ ः कर्णाली प्रदेश पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट अछुतो रहेन ।
अहिले साँझ नयाँ देखिएका १८ जनामा संक्रमितमा कर्णाली प्रदेशको दैलेखका एक जनामा संक्रमण देखिएको छ । दैलेखसंगै खोटाग जिल्लामा पनि एक जनालाई संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थय प्रयोगशाला काठमाडौँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगंज र कोशी अस्पतला विराटनगरमा परीक्षणका क्रममा १८ जनामा संक्रमण देखिएको बताए ।
नयाँ संक्रमित सवै पुरुष हुन् । दैलेख र खोटाग जिल्लामा देखिएसंगै संक्रमितको जिल्ला ३३ पुगेको छ ।
उनका संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई जना पुरुष, खोटाग हलेसी निवासी एक जना पुरुष, वाँके नरैनापुर गाउँपालिका निवासी १२ जना पुरुषहरु, दैलेख आठविस वडा नंं १ निवासी एक जना पुरुष, सुनसरी निवासी एक जना पुरुष, झापा निवासी एक जना पुरुष रहेका छन् ।
यसअघि आजै ६२ जनामा संक्रमित देखिएको थियो । विहान ९ र दिउसो ५३ जनामा संक्रमण देखिएको हो । अहिले देखिएका १८ जनासंगै आजमात्रै ८० जनामा संक्रमण देखिएको छ । आज देखिएका संक्रमितमा सवभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको छ । आज देखिएको संख्या सवभन्दा बढी हो ।
आज देखिएकासंगै संक्रमितको संख्या ३७५ पुगेको छ । भने दुई जनाको कोभिड १९ को कारणले मृत्यु भएको छ । नेपालमा अहिले दैनिक संक्रमितको संख्या बढिरहेको छ ।
https://www.facebook.com/mohpnep/photos/a.489825198172671/897798567375330/?type=3&theater
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्