अतिक्रमित भूभाग सहितको नक्सा बनाउने निर्णयसंगै योगेशले सम्झे त्यो कालापानीको मार्च
काठमाडौँ, ५ जेठ ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय गरेसंगै २२ बर्ष अघि काठमाडौ देखि कालापानीसम्मको मार्च सम्झेका छन् । आज सामाजिक सञ्जालमा उनले तत्कालिन अनेरास्वविुको अध्यक्ष भएको वेला २०५५ जेठ २२ गते असार ५ गतेसम्म मार्चपार्स गरेको सम्झाना गरेका हुन् । संयोग कस्तो पर्यो भने उनी आज आफै मन्त्रीपरिषद्को सदस्यका हैसियलमा सो अतिक्रमण गरेको भूमि नेपालको नक्सामा सामेल गर्ने निर्णयमा थिए ।
आजै सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नयाँ नक्सा बनाउने निर्णय गरेको छ ।
उनले सामाजिक सञ्जालमा यसरी सम्झे
काठमान्डौ कालापानी
२०५५ साल जेष्ठ २२ गतेदेखि असार ५ गतेसम्म बिद्यार्थी र पत्रकार सहित ५७ जनाको टोलीले काठमान्डौदेखि कालापानीसम्मको मार्च गरेको थियो । अनेरास्वबियूको तत्कालिन अध्यक्षका हैसियतले मैले उक्त मार्चको नेतृत्व गरेको थिएँ । काठमाडौदेखि गोकुलेसम्म बसद्वारा र त्यहाँबाट कालापानीसम्म पैदल यात्रा गरिएको थियो । भौगोलिक बिकटता र अत्यन्तै जोखिमपूर्ण बाटो अनि खाने बस्ने ठाउँको अभाबका कारण यात्रा कठिन थियो । तर मिचिएको नेपाली भुमी कालापानी क्षेत्र नेपाललाई फर्काउनु पर्ने अत्यन्तै देशभक्तिपूर्ण माग अनि ठाउँ ठाउँमा स्थानीय दिदिबहिनी तथा दाजुभाईहरुले गर्नु भएको सहयोगले हाम्रो गन्तब्यलाई संभब बनाएको थियो ।
कालापानी हाम्रो हो
छोड् हाम्रो ठाउँ
भारतीय सेना हो
आफ्नै ठाउँमा जाउ
हामीले काठमाडौदेखि कालापानीसम्म गाएको गीत यहि थियो । जो पछि देशब्यापी बन्यो । जन जनमा गुन्जियो ।
आज कालापानी सहित मिचिएको लिम्पियाधुरासम्मको नेपालको नक्शा जारी गर्ने मन्त्रिपरिषद्ले निर्णय गर्दाको क्षणमा मन्त्रीका रुपमा सो बैठकमा सहभागि हुँदा गर्बको अनुभुती गरेको छु ।
कालापानी यात्रामा संगै रहनुभएका सबै साथीहरुको गहिरो संझना भाईरहेको छ ।
https://www.facebook.com/photo.php?fbid=10219783873740730&set=a.2095342716582&type=3&theater
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #योगेशकुमार भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्