आज एकै दिन ६२ जनामा संक्रमण, ३५७ जना पुगे
काठमाडौ, ५ जेठ । कोरोना भाइरसबाट आज एकै दिन ५३ जना संक्रमित थपिएका छन् । योसंख्या केही दिन अघि देखिएको भन्दा कम हो । केही दिन अघि ५७ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँके, गुल्मी, मोरग, धनुषा, दाग र रौतहटमा ५३ जनामा संक्रमण देखिएको बताए ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाँकेमा ४६ जना परुष र एक महिला गरी ४७ जना भेटिएका छन्
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालामा एक जना गुल्मीका पूरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषा, रौतहट, धादिङ र दाङका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
आज कोरोना देखिनेमा १८ देखि ४७ वर्षको उमेर समूहका रहेका छन् ।
संक्रमितको स्थायी र हालको ठेगानाका आधारमा कन्टयाक टेसिग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ ।
आजै यसअघि रौतहटमा आठ जना र बारामा एक जनामा देखिएको थियो । योसंगै संक्रमितको संख्या ३५७ जना पुगेको छ । पुरुष २९८ र महिला ५९ जना रहेका छन् । अहिलेसम्म ३१ जिल्लामा संक्रमण देखिएको छ ।
यसैगरी कोभिड १९ को कारणले मृत्यु भएका सिन्धुपाञ्चोककी महिलाको नजिक रहेकोका १७० जनाको नमुना संकलन गरेर कन्ट्याक्ट टेसिगको कार्य भइरहेको छ ।
डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र सेन्टर डिपार्टमेन्ट अफ पब्लिक हेल्थ टिचिग अस्पतालले उनीहरुको कन्ट्याक्ट टेसिग गरिरहेको छ ।
यसअघि आजै मात्र विहान ९ जनामा कोरोना पुष्टि भएको थियो । आजै मात्रै कोरोना पुष्टि हुने ६२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइसको आशंकामा ३ हजार ५५८ जनाको नमुना परीक्षण गरिएको जनाएको छ ।
आज देशैभरका आइसोलेसनमा ४ सय १२ जना रहेका छन् जसमा काठमाडौ उपत्यकामा २६ जना रहेका भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका मन्त्रालयले जनाएको छ ।
आज देशैभरका क्वारेन्टाईनमा २० हजार ९० जना रहेका छन् ।
हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ३६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोरोना भाइरस, #कोरोना भाइरसबाट मृत्यु भएकी महिला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्