रेडियो संखुवासभाद्धारा प्रहरी, पत्रकार र कारागारलाई माक्स र ग्लोव्स
संखुवासभा–रेडियो संखुवासभाले जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार र नेपाल पत्रकार महासंघ संखुवासभालाई माक्स र ग्लोव्स उपलव्ध गराएको छ । रेडियोका अध्यक्ष कृष्णभगत प्रधानले प्रहरीलाई ५ सय थान सर्जिकल माक्स र ५ सय जोडी ग्लोव्स हस्तान्तरण गरे । उनले ती सामाग्री डिएसपी मिमबहादुर लामालाई हस्तान्तरण गरेका थिए । त्यस्तै अध्यक्ष प्रधानले कारागारका जेलर विनोद अधिकारीलाई कैदी बन्दीका प्रयोजनका लागि २ सय थान माक्स र पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीलाई ५० जोडी ग्लोव्स र १ सय थान माक्स हस्तान्तरण गरे ।
प्रहरी प्रमुख डिएसपी लामाले यी सामाग्रीले फ्न्ट लाईनमा काम गर्ने प्रहरीलाई रातह मिल्ने बताउदै धन्यबाद दिए । कारागारका जेलर अधिकारीले कारागारभित्र संकमणको सबैभन्दा बढी डर भइरहेको बेला माक्स उपयोगी भएको बताए । पत्रकार महासंघका अध्यक्ष गिरीले यी सामाग्रीले संकटका बेला रिपोटिङ गर्न पत्रकारलाई सहज हुने पनि बताए । उनले माक्स र ग्लोव्स उपलव्ध गराएकामा रेडियो संखुवासभा प्रति आभार व्यक्त गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्