कारोना भाइरस संक्रति थप १० मध्ये एक प्रहरी जवान रहेको खुलासा
राहुल गुप्ता, बारा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार बिहान थप पुष्टि भएका कोरोना संक्रमित मध्ये एक जना २८ वर्षिया पुरुष बारा जिल्लामा कार्यरत एक प्रहरी जवान भएको खुलेको छ ।
संक्रमित प्रहरी जवान जिल्ला प्रशासन कार्यालय बाराको मद्धा शाखामा कार्यरत रहेको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन । संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको र उनलाई जिल्ला अस्पताल कलैयाको आईसुलेसन कक्षमा राखिएको प्रजिअ पण्डितले जनाकारी दिएका छन् ।
साथै उनको संपर्कमा आएका व्यक्तिहरुको पहिचान गरि ३५ जनाको स्वाब संकलन गरिसकिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताएका छन् ।
यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्