अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको वार्षिक साधारण सभा सम्पन्न एवं नयाँ नेतृत्व चयन
अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको वार्षिक साधारण सभा सम्पन्न एवं नयाँ नेतृत्व चयन
काठमाडौं । अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको वार्षिक साधारण सभा क्लबका अध्यक्ष रमेश सन्जेलको अध्यक्षता तथा अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टका गभर्नर प्रतापबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टका सचिव विजय सत्याल, एल.जी. प्रल्हाद दाहाल, एल.जी. शंकर राजबाहक, क्लबका बोर्ड सदस्यहरू तथा डेरी उद्योगीहरु एवं व्यवसायी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष तथा एल.जी. प्रल्हाद दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै क्लबले स्थापना कालदेखि गर्दै आएका सामाजिक, सेवामूलक तथा डेरी उद्यमीहरूको क्षमता अभिवृद्धिसँग सम्बन्धित विभिन्न गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले क्लबलाई आगामी दिनमा थप सक्रिय र प्रभावकारी रूपमा अघि बढाउन सबैको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।
क्लबका सचिव सरोज ओझाले कार्यक्रम सञ्चालन गर्दै क्लबको वार्षिक गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि साधारण सभाले क्लबका सम्पूर्ण प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको थियो।
सो अवसरमा अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टका सचिव विजय सत्यालले अप्टिमिस्ट इन्टरनेसनलको उद्देश्य, संरचना तथा संस्थाले समाजमा पुर्याउँदै आएको योगदानका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। त्यस्तै डिस्ट्रिक्ट गभर्नर प्रतापबहादुर थापाले अप्टिमिस्ट इन्टरनेसनलको अन्तर्राष्ट्रिय संरचना, यसको उद्देश्य तथा आगामी कार्यदिशाका बारेमा प्रकाश पार्दै क्लबलाई सफल कार्यकालका लागि शुभकामना दिनुभयो।
एल.जी. शंकर राजबाहकले क्लबले आफूलाई आमन्त्रण गरी आफ्ना विचार राख्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै क्लबले डेरी क्षेत्रका उद्यमीहरूलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले अघि बढाएको गतिविधिको प्रशंसा गर्नुभयो।
साधारण सभाले आगामी कार्यकाल २०२६/२७ का लागि नयाँ बोर्ड गठन गर्ने प्रस्ताव समेत पारित गरि क्लबका अध्यक्ष रमेश सन्जेलले प्रस्तुत गर्नुभएको प्रस्तावअनुसार अध्यक्षमा माधव शिवाकोटी, सचिवमा सरोज ओझा र कोषाध्यक्षमा दिप प्रसाद धमला रहने गरी नयाँ बोर्ड गठन प्रस्ताव पास गरियो। साथै कल्बको आवश्यकता र डिस्ट्रिक्टको निर्देशनअनुसार आगामी दिनमा विभिन्न समिति तथा थप पदाधिकारीहरू थप गरिने जानकारी दिइएको छ।
सभाको समापन गर्दै क्लबका अध्यक्ष रमेश सन्जेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने निवर्तमान अध्यक्ष, क्लबका सम्पूर्ण सदस्य तथा पदाधिकारी, अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टका पदाधिकारी तथा सम्पूर्ण शुभेच्छुक र सरोकारवालाहरूप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले आगामी कार्यकालमा पनि क्लबलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै डेरी उद्यमीहरूको सामाजिक उत्तरदायित्व, नेतृत्व विकास तथा समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्