बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो
बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको अविरल वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । विपद्मा परी एक जना अझै बेपत्ता छन् ।
जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा मानवीय क्षति भएको हो । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंका अनुसार पहिरोमा परी ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको हो । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।
यसअघि शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए । यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।
लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी राखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्