तारकेश्वर चिम्मरपोखरीबाट बालक बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७, चिम्मरपोखरीबाट १५ वर्षीय बिनोद विश्वकर्मा बेपत्ता भएका छन्।
बिनोद ४ असोज, आइतबार दिउँसो करिब ३ः३० बजे घरबाट साइकल लिएर निस्किएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा नआएको र हालसम्म घरसमेत नफर्किएको परिवारले जनाएको छ।
बिनोदका दाइ विशाल विश्वकर्माका अनुसार घरबाट निस्किने क्रममा उनले सेतो ज्याकेट र कालो बक्स पाइन्ट लगाएका थिए। उनीसँग सेतो–निलो रंगको साइकल रहेको परिवारले जनाएको छ।
परिवारले बिनोदको खोजीका लागि आफन्त, स्थानीयवासी तथा सम्बन्धित निकायसँग सहयोगको आग्रह गरेको छ। उनलाई कसैले देखेको वा उनको अवस्थाबारे कुनै जानकारी भए तत्काल परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
बिनोदबारे कुनै जानकारी प्राप्त भएमा ९७६३५९९८९९, ९८६५९९५२७८, ९७०९५२०५८८ वा ९७४५९००६३९ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर चिम्मरपोखरीबाट बालक बेपत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्