Techie IT
बिहीबार, असोज ८,२०८३

नेपाली कांग्रेस टोखा नगर सभापतिमा उत्तम अधिकारी , अन्य पदमा को को ?


काठमाडौं — नेपाली कांग्रेस टोखा नगर कार्यसमितिको सभापतिमा उत्तम अधिकारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

पार्टी सङ्गठनमा लामो समयदेखि सक्रिय रहनुभएका अधिकारी नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का क्षेत्रीय सचिव हुन्। उहाँ टोखा नगरपालिका वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष समेत हुन्। हालै सम्पन्न नगर अधिवेशनले उहाँलाई सर्वसम्मत रूपमा नगर सभापतिको जिम्मेवारी सुम्पेको हो।

त्यसैगरी, नगर कार्यसमितिको पदाधिकारी टोलीमा:

  • उपसभापति: लक्ष्मी दुलाल (महिलातर्फ) र विजयकुमार श्रेष्ठ (पुरुषतर्फ)

  • सचिव: तारा कँडेल

  • सहसचिव: इन्द्र जोशी

उपसभापति, सचिव, सहसचिव लगायत टोखा नगर कार्यसमितिका सम्पूर्ण सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन हुनुभएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस टोखा नगर सभापतिमा


तपाईको कमेन्ट लेख्नुहोस्