एमाले केन्द्रीय कमिटी बैठक, विद्या भण्डारी वरिष्ठ नेता देखि के के भयो निर्णय ?
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सकिएको छ । ललितपुरको रामबाग महलमा चार दिनदेखि जारी बैठक बिहीबार सकिएको हो ।
बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बैठकले विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरेको छ । पूर्वराष्ट्रपति भण्डारीलाई दोस्रो वरियतामा रहनेगरी वरिष्ठ नेता मनोनित गरिएको महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बैठकले ११ औं महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनित हुन बाँकी केन्द्रीय सदस्यहरू मनोनित गरेको छ भने ७ जना स्थायी कमिटी सदस्य चयन गरेको हो ।
बैठक समापन गर्दै अध्यक्ष ओलीले नेकपा ९एमाले० उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी हो भन्ने कुरा तेस्रो केन्द्रीय कमिटीमा पनि प्रकट भएको औंल्याउँदै सबै केन्द्रीय कमिटी सदस्यहरूप्रति आभार व्यक्त गरे ।
यी हुन् बैठकबाट पारित भएका प्रस्तावहरू–
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले केन्द्रीय कमिटी बैठक आजबाट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा












तपाईको कमेन्ट लेख्नुहोस्