कार्यसम्पादन सम्झौतामा संखुवासभा जिल्ला प्रहरी कार्यालय सर्वोत्कृष्ट
बिराटनगर । आर्थिक वर्ष २०८२/०८३ मा भएको वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय संखुवासभा कोशी प्रदेश अन्तर्गतका १४ जिल्ला प्रहरी कार्यालय मध्ये सर्वोत्कृष्ट भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनाल र कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुख तथा अन्य मातहत कार्यालयका प्रमुखबीच आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश प्रहरी प्रमुख र १४ वटै जिल्ला प्रहरी प्रमुखबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताअन्तर्गत जिल्ला प्रहरी कार्यालय संखुवासभाले निर्धारित लक्ष्यको ९४.३८ प्रतिशत हासिल गर्दै सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालयको उपलब्धि हासिल गरेको हो ।
त्यसैगरी, नेपाल प्रहरी संगठन प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखबीच आर्थिक वर्ष २०८२/०८३ का लागि भएको वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ८६.३६ प्रतिशत लक्ष्य हासिल गर्दै सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय बन्न सफल भएको जनाइएको छ ।
वार्षिक कार्यसम्पादन सम्झौतामार्फत प्रहरी कार्यालयहरूको कार्यसम्पादनलाई निर्धारित लक्ष्य, जिम्मेवारी तथा सूचकका आधारमा मूल्याङ्कन गर्ने गरिएको छ । कार्यसम्पादनमा प्राप्त उपलब्धिले सम्बन्धित प्रहरी कार्यालयको कार्यक्षमता, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा सेवा प्रवाहको अवस्थालाई समेत प्रतिबिम्बित गर्ने जनाइएको छ ।
आर्थिक वर्ष २०८३/०८४ का लागि भएको नयाँ कार्यसम्पादन सम्झौताले आगामी वर्ष प्रहरी सेवा, अपराध नियन्त्रण, शान्तिसुरक्षा तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कार्यसम्पादन सम्झौता, #कोशी प्रदेश, #जिल्ला प्रहरी कार्यालय संखुवासभा, #नेपाल प्रहरी, #बिराटनगर, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्