Techie IT
सोमबार, मंसीर १,२०८३

तारकेश्वर–१० मा कांग्रेसको वडा समिति सर्वसम्मत , को को निर्विरोध निर्वाचीत भए ?


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिका–१० को वडा अधिवेशनबाट वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ।

अधिवेशनबाट मनोज राई सभापति, विक्रम महर्जन उपसभापति र उर्मिला श्रेष्ठ न्यौपाने उपसभापति ९महिला० चयन भएका छन्। त्यस्तै जमुना घिमिरे सचिव र जगन्नाथ आचार्य सह–सचिवमा निर्विरोध निर्वाचित भएका छन्।

वडा कार्यसमिति सदस्यमा कमला थापा, तोया कुमारी लामिछाने ९असाती०, भक्तमान महर्जन, शान्ता श्रेष्ठ, चिन्तना अधिकारी रिमाल र शोभा थपालिया चयन भएका छन्।

यसैगरी वडा नम्बर १० बाट विभिन्न समूह तथा समावेशी प्रतिनिधित्वसहित २३ जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध चयन भएका छन्।

खुलातर्फ लक्ष्मण महर्जन, अमृत ओझा, बाबुराम पौडेल, नारायणकुमार मल्ल ठकुरी र माधव तिमिल्सिना चयन भएका छन्। पेशागततर्फ बलराम राई, युवातर्फ प्रमिशा राई, रोशन विक्रम मल्ल ठकुरी र विक्रम महर्जन चयन भएका छन्।

समानुपातिकतर्फ सानु देवी महर्जन, श्याम काजी महर्जन, अर्जुन पौडेल, देवराज गौली, चन्द्रमणि अधिकारी र श्रीकृष्ण घले निर्वाचित भएका छन्।

त्यस्तै श्रमिकतर्फ बोधराज अधिकारी, अपाङ्गतातर्फ सपना खरेल, दलिततर्फ रत्नमाया परियार, प्रजातान्त्रिक सेनानीतर्फ कुमार राई र कृष्णप्रसाद दुवाडी तथा महिलातर्फ शान्ता थपालिया, शोभा राना मगर र केशु राई सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई निवर्तमान कार्यसमितिका तर्फबाट सभापति कुमार राई, उपसभापति बाबुराम पौडेल र सचिव अच्युत ओझा लगायतले बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य इन्द्रमान महर्जन तथा नेपाली कांग्रेस तारकेश्वर–९ की उपसभापति रत्म महर्जनले पनि नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिएका थिए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्