रसुवाका प्रभावित परिवारका लागि चेम्बरको राहत सामग्री सहयोग
काठमाडौं, २७ भाद्र । नेपाल चेम्बर अफ कमर्सले रसुवाका प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि विभिन्न राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेकोे छ । राहत सामाग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका अत्यावश्यक सरसामान रहेका छन् । चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका सिईओ रजुल श्रेष्ठले ग्रुपका उत्पादनसहित चेम्बरमा संकलित सहयोग सामाग्री लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबका प्रतिनिधीलाई हस्ताण्तरण गरेका हुन् ।
“स्थानीय संस्था तथा युवाको सहकार्यमा सामग्री सम्बन्धित प्रभावित तथा आवश्यकतामा रहेका परिवारसम्म पु¥याउने व्यवस्थासहित लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबमार्फत वितरण तथा समन्वय हुने गरी उक्त राहत सामाग्री रसुवा पठाइएको हो” श्रेष्ठले भने ।
त्रिशूली हुँदै रसुवा पठाइएको राहत सामग्री सम्बन्धित स्थानीय संस्था तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पु¥याइने उनले जनाए । प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्