अज्ञात समूहको खुकुरी प्रहारबाट कार्यवाहक वडाध्यक्ष गम्भीर घाइते
संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका ५ का कार्यवाहक अध्यक्ष श्याम निरौलामाथि आक्रमण भएको छ । शुक्रबार साँझ ८ बजे वडा कार्यालय नजिकै अज्ञात समूहले आक्रमण गर्दा निरौला गम्भीर घाइते भएको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।
अज्ञात समुहको खुकुरी प्रहारबाट निरौलाको टाउकोमा गम्भिर चोट लागेको छ । घटना कसले गरे गराएको भन्नेबारे पत्ता लागिनसकेको र निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको नगर प्रमुख खतिवडाले बताउनुभयो ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घाईते निरौला नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्