Techie IT
सोमबार, साउन १८,२०८३

अमेरिका र इरानबीच आज फेरि वार्ता हुँदै, ट्रम्पले भने– सम्झौता भयो भने धेरैको ज्यान जोगिनेछ


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच आज (सोमबार)बाट फेरि वार्ता सुरु हुने बताएका छन् ।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त वार्ता मध्यस्थकर्ताहरूमार्फत हुने बताए ।

ट्रम्पले भने, “हामी चाहेको बेला कारबाही गर्न सक्छौँ, तर म मानिसहरूको ज्यान लिन चाहन्नँ । यदि कुनै सम्झौता भयो भने धेरैको ज्यान जोगिनेछ । वार्ताको नतिजा के हुन्छ, हेरौँ ।”

उनका अनुसार साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र इरानसँगको कूटनीतिक छलफलपछि उनले इरानमाथि गर्ने भनिएको ठूलो आक्रमण रद्द गरेका हुन् ।

उनले ती वार्ताहरूमा होर्मुज जलसन्धि र इरानको आणविक कार्यक्रमजस्ता विषयहरूमा पनि छलफल हुने दाबी गरे । तर इरानले ट्रम्पका कतिपय दाबीहरू अस्वीकार गरेको छ ।

इरानी अधिकारीहरूका अनुसार हाल होर्मुज जलसन्धिबारे कुनै औपचारिक सम्झौता हुने छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिका र इरानबीच आज फेरि वार्ता हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्