Techie IT
आईतबार, साउन १७,२०८३

लगातार तेस्रो वर्ष मनराम मोटर्सलाई उत्कृष्ट डिलर अवार्ड


खाँदबारी । संखुवासभास्थित महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका सवारीसाधन तथा ट्र्याक्टरको आधिकारिक विक्रेता मनराम मोटर्सले एफडी (फिल्ड डेभलपमेन्ट) विभागतर्फ पुनः उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको छ ।

पूर्वी पहाडी जिल्लाका ग्राहकलाई लक्षित गरी बिक्री तथा बिक्रीपछिको गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको मनराम मोटर्सले ग्राहक सन्तुष्टि, बिक्री वृद्धिदर, प्रभावकारी व्यवस्थापन र समग्र कार्यसम्पादनका आधारमा उक्त सम्मान प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मनराम मोटर्सले लगातार तेस्रो वर्ष उत्कृष्ट डिलरको सम्मान हासिल गर्दै यस वर्ष पनि एफडी विभागतर्फको उत्कृष्ट डिलर अवार्ड आफ्नो नाममा पार्न सफल भएको हो ।
मनराम मोटर्सका महाप्रबन्धक विमल गौतमले यो उपलब्धि ग्राहक, शुभेच्छुक, व्यावसायिक साझेदार तथा कर्मचारीको विश्वास, साथ र समर्पणको प्रतिफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि ग्राहकलाई अझ गुणस्तरीय, भरपर्दो र प्रभावकारी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै महिन्द्रा ब्रान्डप्रतिको विश्वासलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त सम्मानले कम्पनीलाई अझ जिम्मेवार, सेवामुखी र परिणाममुखी ढङ्गले काम गर्न प्रेरित गरेको जनाउँदै कम्पनीले पूर्वी पहाडी जिल्लाका ग्राहकलाई आधुनिक तथा विश्वसनीय सेवा निरन्तर उपलब्ध गराउने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बिजिनेस अवार्ड, #मनराम मोटर्स, #महिन्द्रा मोटर्स, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्