Techie IT
शनिबार, साउन १६,२०८३

सामुदायिक सेवा केन्द्र तारकेश्वरको नयाँ नेतृत्व चयन , यस्तो छ नयाँ कार्यसमिति


काठमाडौं। सामुदायिक सेवा केन्द्र, तारकेश्वरको दोस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

कार्यक्रममा आजीवन सदस्य, सदस्यहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामुदायिक सुरक्षा, सामाजिक सद्भाव तथा सेवामूलक गतिविधिलाई अझ प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

सहभागीहरूले पराधमुक्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि सामुदायिक सेवा केन्द्रको भूमिका अझ प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य, समन्वय र जनसहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छः

  • अध्यक्ष: रामेश्वर देवकोटा
  • वरिष्ठ उपाध्यक्ष: राजकुमार खड्का
  • उपाध्यक्ष: नारायण प्रसाद सापकोटा
  • उपाध्यक्ष: इन्द्र गुरुङ
  • सचिव: लक्ष्मण तिमल्सिना
  • सहसचिव: बलराम धिताल
  • सहसचिव: मदन अधिकारी
  • कोषाध्यक्ष: बालकुमारी आले
  • सह-कोषाध्यक्ष: सोनी श्रेष्ठ

सदस्यहरू: वासुदेव तिमल्सिना, राधाकृष्ण खड्गी, मिरा महर्जन, प्रकाश महर्जन, प्रकाश कटुवाल, मिना थापा, आसिया बिक, श्यामकाजी महर्जन, श्यामबाबु महर्जन, दिपेश थापा, निश्चल कोइराला, टेकनाथ गौतम, भुवना घिमिरे, राजु फुयाल, रिता राई र बालकुमारी वाग्ले।


क्याटेगोरी : समाचार
ट्याग : #सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र ठमेल


तपाईको कमेन्ट लेख्नुहोस्