Techie IT
बुधबार, मंसीर ३,२०८३

टोखामा अतिरिक्त समय राजस्व SuTRA प्रणालीमा सेवा सञ्चालन गर्ने


काठमाडौं । टोखा नगरपालिकाले राजस्व प्रणाली ९क्गत्च्ब्० मा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीलाई परेको असुविधालाई मध्यनजर गर्दै अतिरिक्त समयमा राजस्व सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा वडा नं। ८, ९ र ११ का वडा अध्यक्षहरूको नेतृत्वमा आज महालेखा नियन्त्रक कार्यालय, अनामनगरमा सह–महालेखा नियन्त्रक यमुना प्रधानसँग छलफल गरिएको थियो।

छलफलका क्रममा देशभरका सरकारी निकायमा एउटै क्गत्च्ब् ९क्गद ल्बतष्यलब ित्चभबकगचथ च्भनगबितयचथ ब्उउष्अिबतष्यल० प्रणालीमार्फत नियमित बजेट, आयोजना भुक्तानी, दैनिक राजस्व संकलन लगायतका सेवा सञ्चालन हुने भएकाले एकैपटक अत्यधिक चाप परेको जानकारी दिइएको थियो। सोही कारण प्रणालीमा केही दिनसम्म सेवा प्रवाह प्रभावित रहने अवस्था रहेको जनाइएको छ।

टोखा नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८३र०८४ को राजस्व संकलन सुरु भएसँगै सेवाग्राहीको अत्यधिक चाप रहेकाले सेवा प्रवाहलाई सहज बनाउन साउन १३ गतेदेखि साउन र भदौ महिनाभर अतिरिक्त समयमा सेवा सञ्चालन गरिने भएको हो।

यसअनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा सोमबारदेखि शुक्रबार बिहान ८ बजेदेखि नियमित कार्यालय समय सुरु हुनुअघि अतिरिक्त सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।€


क्याटेगोरी : समाचार
ट्याग : #टोखामा अतिरिक्त समय राजस्व SuTRA प्रणालीमा सेवा सञ्चालन गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्