कारभित्र आत्मदाह गरेकी रश्मी रिजाल प्रकरण : ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न मागसहित जाहेरी
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबास चुनदेवी बालुवा प्रशोधन केन्द्रमा कारभित्र आत्मदाह गरेकी रश्मी रिजालको मृत्यु प्रकरणमा उनका परिवारले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतकका पति श्रीराम खनालले ज्यानसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा दोषी पहिचान गरी कारबाही गर्न माग गर्दै जाहेरी दर्ता गराएका हुन्।
तारकेश्वर नगरपालिका–९ निवासी रिजाल सोही नगरपालिकाको वडा नं. १ स्थित कालेबास चुनदेवी बालुवा प्रशोधन केन्द्रमा पार्किङ गरिएको एमजी गाडीको पछाडिको भागमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी नक्सालस्थित सानिमा क्यापिटल एण्ड मर्चेन्ट कम्पनीमा कम्प्लाइन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत थिइन्।
प्रहरीका अनुसार दर्ता भएको जाहेरीमा कुनै व्यक्तिको नाम किटान गरिएको छैन। एसपी भट्टराईले आत्मदाहको कारण पत्ता लगाई घटनामा कसैको संलग्नता भए कानुनी कारबाही गर्न माग गरिएको जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा परिवारले घटनामा पारिवारिक विवादको संकेत नरहेको बताएको प्रहरीले जनाएको छ। यस आधारमा कार्यालयसँग सम्बन्धित वा अन्य सम्भावित कारणबारे समेत अनुसन्धान केन्द्रित गरिएको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार घटनास्थल वरपरका सीसीटीभी फुटेज, उपलब्ध भौतिक प्रमाण तथा घटना हुनुअघि केही दिनसम्म मृतक रिजालका गतिविधिको विस्तृत अध्ययन भइरहेको छ। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कारभित्र आत्मदाह गरेकी रश्मी रिजाल प्रकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्