तारकेश्वरमा २४ घण्टाभित्र दुई मृत्युका घटना, धर्मस्थलीमा पुरुष झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं। तारकेश्वर नगरपालिकामा २४ घण्टाभित्र दुई छुट्टाछुट्टै मृत्युका घटना सार्वजनिक भएपछि स्थानीयवासीमा चासो बढेको छ। तारकेश्वर–१ मा गाडीभित्र एक महिलाको शव फेला परेको घटनालगत्तै तारकेश्वर–६, धर्मस्थलीमा एक पुरुष रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार धर्मस्थलीस्थित एनआईसी एसिया बैंकको पछाडिपट्टि रहेको मकैबारीमा करिब ५० वर्षीय सोमे लामाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। वडा सदस्य रामचन्द्र घिमिरेका अनुसार लामा घटनास्थल नजिकै भाडामा बस्दै आएका थिए।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले घटनाको प्रकृति र मृत्युको वास्तविक कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान जारी रहेकाले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
यसअघि तारकेश्वर–१ मा एक महिलाको गाडीभित्र मृत्यु भएको घटना सार्वजनिक भएको थियो। सो घटनाको अनुसन्धान पनि जारी रहेकाले दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्