Techie IT
आईतबार, साउन १०,२०८३

तीन दिनसम्म देशभर मौसम सक्रिय नरहने


काठमाडौं । आगामी तीन दिनसम्म देशभर मौसम सक्रिय नरहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।

तीन दिन आज (आइतबार), सोमबार र मंगलबार मौसम सक्रिय नरहेका कारण केही ठाउँहरुमा छिटफुट वर्षा बाहेक भारी वर्षाको सम्भावना नरहेको विभागले जनाएको हो ।

आज देशको हिमाली र पहाडी भू–भागका धेरैजसो स्थानहरुमा मध्यम वर्षा हुने र दिउँसोभन्दा राति बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा मौसम बढी सक्रिय रहने बताइएको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशको केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्मिका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित मध्यम खालको वर्षा हुने देखिएको विभागले जनाएको छ ।

त्यस्तै, बागमती र गण्डकी प्रदेशमा २४ घण्टाभित्र एकदुई स्थानमा भारी वर्ष हुने सम्भावना हुने देखिएकाले सचेत हुनपर्ने वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

त्यस्तै, सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका साथै पहडी भू–भाग र कर्णाली प्रदेशको पहाडी र तराई भू–भागमा मध्यम खालको वर्ष हुने देखिएको विभागले जनाएको छ ।

मंगलबार कोशी बागमती प्रदेशको पहाडी भू–भाग, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिमको पहाडी र तराईको भू–भागमा भारीदेखि मध्यम खालको वर्षा हुने भएकाले सतर्क रहन विभागले भनेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तीन दिनसम्म देशभर मौसम सक्रिय नरहने


तपाईको कमेन्ट लेख्नुहोस्