बागमती प्रदेशमा एमालेबाट मुख्यमन्त्रीमा को को चर्चा ?
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको राजनीतिक सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेले पाउने भएको छ। यससँगै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ।
चितवन–१ (क) बाट निर्वाचित थपलिया यसअघि बागमती प्रदेशका अर्थमन्त्री भइसकेका छन्। अघिल्ला गठबन्धनहरूमा पनि आलोपालो नेतृत्वको सहमतिअनुसार उनी मुख्यमन्त्रीको प्रतीक्षामा थिए। कांग्रेससँगको गठबन्धनमा २०८२ चैतपछि एमालेले सरकारको नेतृत्व गर्ने र थपलिया मुख्यमन्त्री बन्ने सहमति भएको थियो। यसअघि तत्कालीन माओवादी केन्द्रसँगको सहमतिमा पनि उनी मुख्यमन्त्रीको ‘वेटिङ लिस्ट’मा थिए।
तर, यसपटक एमालेले संसदीय दलको नेतृत्व परिवर्तन गर्दै मुख्यमन्त्रीमा भक्तपुर–२ (क) बाट निर्वाचित किरण थापालाई अघि सार्न सक्ने चर्चा सुरु भएपछि दलभित्र नयाँ राजनीतिक तरंग देखिएको छ। काठमाडौं–९ (ख) बाट निर्वाचित केशव प्रसाद पोखरेलले पनि सरकारको नेतृत्वमा रुचि देखाएको चर्चा छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत निकट मानिएका किरण थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलको नेतृत्व परिवर्तन गर्ने विषयमा काठमाडौंमा छलफल भइरहेको चर्चा चलेको छ।
यद्यपि, एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले बाहिर आएजस्तो कुनै औपचारिक छलफल नभएको बताएका छन्। उनका अनुसार संसदीय दलको नेतामा हाल कसैको दाबी छैन र सरकारको नेतृत्व तथा पात्रबारे निर्णय पार्टीले चाँडै गर्नेछ।
बागमती प्रदेशसभामा एमालेका २५ सांसद छन्। नेकपा (माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एकीकरणपछि बनेको पार्टी) का २६ र नेपाली कांग्रेसका ३६ सांसद छन्। ११० सदस्यीय प्रदेशसभामा हाल १०४ सदस्य कायम रहेकाले नेकपा र एमालेको मात्रै समर्थनले बहुमत पुग्दैन। सरकार गठनका लागि नेपाल मजदुर किसान पार्टी (३), हाम्रो नेपाल पार्टी (२) वा राप्रपा (१२) जस्ता साना दलहरूको समर्थन निर्णायक हुने देखिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागमती प्रदेशमा एमालेबाट मुख्यमन्त्रीमा को को चर्चा ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्