रश्मी मृत्यु प्रकरण : शेयरमा डुबेपछि आत्मदाह ,आफैं कार लिएर गएको सीसीटीभीमा देखियो
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडकी कम्प्लायन्स अफिसर, प्रवक्ता तथा मर्चेन्ट बैंकिङ हेड ४५ वर्षीया रश्मी रिजाल तारकेश्वर नगरपालिका–९ साङ्गलाखोला–पटापु क्षेत्रमा आफ्नै विद्युतीय कारभित्र मृत फेला परेको घटनामा प्रहरीले सीसीटीभी फुटेज, प्राविधिक प्रमाण र अन्य विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार रिजाल बिहीबार साँझ करिब ५ः१५ बजे कार्यालयबाट बाहिरिएकी थिइन्। उनी शुक्रबार नियमित रूपमा कार्यालय नपुगेपछि सहकर्मीहरूले खोजी सुरु गरेका थिए। बिना जानकारी बिदामा नबस्ने र नियमित रूपमा कार्यालय आउने उनी अचानक सम्पर्कविहीन भएपछि परिवार र कार्यालय दुवै पक्ष चिन्तित बनेका थिए।
शुक्रबार दिनभर खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि साँझ उनका पतिले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। त्यसको भोलिपल्ट शनिबार तारकेश्वर नगरपालिका को साङ्गलाखोला–पटापु क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारको पछिल्लो सिटमा उनी जलेको अवस्थामा मृत फेला परेकी हुन्।
अनुसन्धानका क्रममा प्रहरीले घटनास्थल वरपरका सीसीटीभी फुटेज संकलन गरी अध्ययन गरिरहेको छ। अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार प्रारम्भिक फुटेजमा रिजाल आफैंले कार चलाएर घटनास्थलसम्म पुगेको, कार पार्किङ गरेपछि चालक सिटबाट पछिल्लो सिटतर्फ गएको देखिएको छ। हालसम्म प्राप्त फुटेजमा घटनास्थलमा अर्को व्यक्तिको प्रत्यक्ष संलग्नता देखिने स्पष्ट प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फुटेज विश्लेषणबाट कारभित्र आगलागी आफैंले गरेको देखिए पनि घटनाको अन्तिम निष्कर्ष पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण, मोबाइल फोनको विवरण तथा अन्य प्राविधिक प्रमाणको विश्लेषणपछि मात्रै निकालिनेछ। अनुसन्धान जारी रहेकाले घटनाबारे कुनै पनि निष्कर्षमा पुग्न हतार नगर्न प्रहरीले आग्रह गरेको छ।
स्रोतका अनुसार रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर, प्रवक्ता तथा मर्चेन्ट बैंकिङ हेडका रूपमा कार्यरत थिइन्। पछिल्लो समय शेयर बजारमा आएको मन्दीका कारण उनी मानसिक तनावमा रहेको स्रोतले जनाएको छ। उनका पति नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषयका अध्यापक हुन्।
प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन सबै सम्भावित पक्षको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आफैं कार लिएर गएको सीसीटीभीमा देखियो, #रश्मी मृत्यु प्रकरण : शेयरमा डुबेपछि आत्मदाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्