भारतमा आन्दोलनरत ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई के भयो ?
काठमाडौं । भारतमा जारी आन्दोलनको नेतृत्व गरिरहेका ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके अस्वस्थ भएका छन्। लगातारको आन्दोलन र व्यस्तताबीच उनी उच्च ज्वरो र शरीर दुख्ने समस्याबाट पीडित भएको बताएका हुन्।
दीपकेले सामाजिक सञ्जाल एक्समार्फत पछिल्ला केही दिनदेखि आफूलाई उच्च ज्वरो र शरीर दुख्ने समस्या देखिएको जानकारी दिएका छन्। उनले पेनकिलरको सहारामा काम गरिरहेको उल्लेख गर्दै स्वास्थ्य अवस्था कमजोर बनेपछि केही समय आराम गर्नुपर्ने अवस्था आएको बताएका छन्।
उनले जन्तर–मन्तरमा जारी आन्दोलनमा तत्काल उपस्थित हुन नसक्ने भन्दै समर्थकसँग क्षमा मागेका छन्। केही घण्टा विश्राम गरेपछि साँझसम्म आन्दोलनस्थलमा फर्किने योजना रहेको पनि उनको भनाई छ।
दीपके पछिल्लो एक महिनाभन्दा बढी समयदेखि जन्तर–मन्तरमा जारी आन्दोलनमा सक्रिय छन्। उनी सामाजिक अभियन्ता सोनम वाङचुकसँगै आन्दोलनको अग्रपंक्तिमा देखिँदै आएका थिए। वाङचुक स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएपछि दीपकेले पनि आन्दोलनलाई निरन्तरता दिँदै अनशनमा सहभागिता जनाएका थिए।
भारतमा विभिन्न माग राखेर भइरहेको आन्दोलनका क्रममा दीपकेको स्वास्थ्य बिग्रिएको खबर सार्वजनिक भएपछि उनका समर्थकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। यद्यपि उनले आन्दोलनबाट पछि नहट्ने र स्वास्थ्यमा केही सुधार आएलगत्तै पुनः आन्दोलनस्थलमा फर्किने प्रतिबद्धता जनाएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #भारतमा आन्दोलनरत ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई के भयो ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्