Techie IT
बिहीबार, साउन ७,२०८३

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने सुकुम्बासीको अडान


काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमवासीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका छन् ।

सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा स्थायी ठेगाना भएको स्थानमा नै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका हुन् ।

बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले काठमाडौंमा जस्तो अन्य स्थानमा सहज रुपमा रोजगारी नपाइने भएकाले जीवनयापनमा समस्या हुन सक्ने जनाएका छन् ।

सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरे जहाँ भएपनि आफूहरु बस्न तयार रहेको उनीहरुको भनाइ छ ।

नागरिक बचाउ महाअभियान, सकुम्वासी समायोजन समितिको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले शीघ्र पहिचान, प्रमाणीकरण र स्थायी व्यवस्थापन गर्नुपर्ने, कानून बमोजिम जग्गाधनी पूर्जा दिनुपर्ने, सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने लगाएका माग राखेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #शिक्षा, #स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने सुकुम्बासीको अडान


तपाईको कमेन्ट लेख्नुहोस्