Techie IT
मंगलबार, साउन ५,२०८३

कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला आइतबारदेखि बेपत्ता


कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला आइतबारदेखि बेपत्ता भएका छन् ।

मदत्त नगरपालिका-१९ को बागफाँटाका १४ जना महिला च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका थिए। बेपत्ता हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन् ।

उनीहरूको नेपाली सेना र प्रहरीले खोजी गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #च्याउ खोज्न जंगल गएका १४ जना महिला आइतबारदेखि बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्