Techie IT
सोमबार, असार २९,२०८३

काठमाडौंका मिडिया हाउस र भाटभटेनी अगाडि शंकास्पद गाडी


काठमाडौं । काठमाडौंका विभिन्न सञ्चारगृह र भाटभटेनी सुपरमार्केट अगाडि बेवारिसे अवस्थामा शंकास्पद गाडीहरू फेला परेको छ । सोमबार तीनकुनेस्थित कान्तिपुर पब्लिकेशनको गेटअगाडि पार्क गरिएको गाडीलाई प्रहरीले क्रेन लगाएर हटाएको छ ।

त्यस्तै, नयाँबानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरको हिमालय टेलिभिजनको कार्यालय बाहिर पनि शंकास्पद सवारीसाधन राखिएको छ । अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि सोमबार बिहान ७ बजेदेखि नै अर्को गाडी पार्क गरिएको अवस्थामा फेला परेको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघले सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्क गरेर पत्रकारको काममा अवरोध पुर्‍याउने काम निन्दनीय भएको भन्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारगृहको गेटमा राखिएका गाडी तत्काल हटाई सञ्चारकर्मी र सञ्चार संस्थाको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौंका मिडिया हाउस र भाटभटेनी अगाडि शंकास्पद गाडी


तपाईको कमेन्ट लेख्नुहोस्