Techie IT
आईतबार, असार २८,२०८३

काँडाघारीबाट निस्किएका एक जना सम्पर्कविहीन


काठमाडौं । काठमाडौंको काँडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक जना सम्पर्कविहीन भएका छन् ।

डोटी जिल्लाको सलेना गाउँपालिका वडा नम्बर ६ घर भएका करिब ५० देखि ५५ वर्षका रामबहादुर बलायर सम्पर्कविहीन भएका हुन् ।

उनी यही असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए । उनी घर नफर्केपछि आफन्तहरुले खोजी कार्यसुरु गरेका थिए । तर उनको हालसम्म कुनै पनि खबर नआएपछि नजिकैको प्रहरी चैकीमा पनि खबर गरे । खोजी कार्य भए पनि उनी भेटिएका छैनन् ।

उनले कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाएका थिए । उनलाई कसैले देखेमा वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा परिवारलाई ९७०७६३१२४६ वा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्