संखुवासभामा सब्जी बोक्ने गाडीले मान्छे बोकेपछि खाँदबारीको क्वारेण्टीनमा राखियो
कोरोनाको संत्रास बढिरहेको बेला संखुवासभाको सदरमुकाम खाँदबारी बजारमा सब्जी पसल चलाईरहेका एक ब्यवसायीले खाद्य सामग्री बोकेको गाडीमा राखेर अन्य जिल्लाबाट यात्रु ओसार प्रसार गर्ने गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
बिहिबार मात्रै खाँदबारीको पोखरी बजारमा फलफुल तथा तरकारी ब्यवसायी संचालन गरिरहेका धिरज चौधरीले तरकारी बोक्ने गाडीमा अन्य ३ जना समेत लुकाई ल्याएको प्रहरीले फेला पारेको हो । सभाखोलास्थित प्रहरी चेक पोष्टमा सवारी साधन चेक गर्ने क्रममा उनले अरुण तेश्रोमा काम गर्ने २ जना र अन्य १ जनालाई समेत तरकारी बोकेको गाडीमा संगै ल्याएका थिए ।
मान्छे ओसार पसार गर्ने चौधरी सहित अन्य ३ जनालाई चेकजाँच स्थल सभाखोलाबाट एम्वुलेन्स मार्फत खाँदबारीस्थित बरुण बहुमुखी क्याम्पसको क्वारेन्टीनमा राखिएको नगर स्वास्थ्य संयोजक दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
खाँदबारीको बरुण बहुमुखी क्याम्पसमा रहेको क्वारेण्टीनमा आज थपिएका १० सहित १७ जना रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्