Techie IT
मंगलबार, भदौ २,२०८३

तारकेश्वर नगरपालिकामा काठमाडौंका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु , वित्तीय अनुशासनमा प्रश्न


काठमाडौं । तीन तहका सरकारमध्ये स्थानीय तहमा बेरुजु बढी देखिने अवस्थामा काठमाडौंका स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका मा सबैभन्दा बढी बेरुजु देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन अनुसार काठमाडौंका १० स्थानीय तहमध्ये तारकेश्वर नगरपालिकाको बेरुजु दर सबैभन्दा बढी ३.५९ प्रतिशत रहेको छ।

प्रतिवेदनअनुसार बजेट कार्यान्वयन, लेखा पारदर्शिता तथा वित्तीय अनुशासनको मामिलामा तारकेश्वर नगरपालिका अन्य स्थानीय तहको तुलनामा कमजोर देखिएको छ। प्रशासनिक, आर्थिक तथा नीतिगत पक्षमा थप प्रभावकारी व्यवस्थापन आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।

बजेटको जथाभावी खर्च, आफूखुसी बजेट परिचालन तथा उत्पादनमुखी क्षेत्रभन्दा बाहिर स्रोत परिचालन गर्ने प्रवृत्तिका कारण बेरुजु बढ्ने गरेको विश्लेषण गरिएको छ।

नगरपालिकाको आ.व. २०८१/८२ मा आ.व. २०८१/८२ मा बेरुजु १२ करोड २० लाख ३५ हजार सबैभन्दा धेरै ३.५९ प्रतिशत रहेको छ ।  नगरपालिकाको बेरुजु अहिलेसम्मकै अत्यधिक बढि भएको महालेखापरिक्षकको कार्यालयले जानकारी दिएको छ ।

तारकेश्वर नगरपालिकाको अहिलेसम्मको बेरुजु ५६ करोड ८ लाख ५ हजार रहेको छ ।

तारकेश्वर नगरपालिकाले दैनिक पत्रिकामा निकाल्ने सूचनामा पनि पत्रिकामा छापिएको सूचनाको साइज सिसि भन्दा डबल बिल बनाएर भुत्तानी गरेको देखिन्छ । त्यस्तै तेलमा पनि सरकारी मापदण्डभन्दा चारगुणा बढि जनप्रतिनिधीले प्रयोग गरेको पाइन्छ । त्यस्तै परिक्षा सञ्चालनमा जनप्रतिनिधी र कर्मचारीले नगरेको अनुगमनका नाममा भएका भुत्तानीका भत्ताहरु असुल गर्न नगरपालिकालाई निर्देशन दिएको छ ।

तारकेश्वर नगरपालिकालाई ४६ लाख रकम असुल गर्न महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । असुल रकम गर्नुपर्नेमा चुनावमा तलब/भत्ता नलिने घोषणा गरेका नगर प्रमुखदेखि कार्यालय सहयोगी र नगरप्रहरिसम्म रहेका छन् । धेरैजसो कर्मचारीदेखि संस्थागत विद्यालयका शिक्षक र सामुदायिक विद्यालयका शिक्षकले लिएका भत्ताहरु समेत असुल गर्नुपर्ने देखिन्छ । सरकारी मापदण्ड अनुसार बेरुजु फिर्ता नगरेका जनप्रतिनिधिले आगामी दिनमा चुनाव समेत लड्न नपाईने कानुनी प्रावधान रहेको छ ।

त्यसैगरी, काठमाडौंका स्थानीय तहमध्ये टोखा नगरपालिका मा बेरुजु दर सबैभन्दा कम रहेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार टोखा नगरपालिकाको बेरुजु दर ०.३६ प्रतिशत रहेको छ।

टोखा नगरपालिकाको यो उपलब्धिलाई सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायी प्रशासनको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका काठमाडौंका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु, #वित्तीय अनुशासनमा प्रश्न


तपाईको कमेन्ट लेख्नुहोस्