स्थानीय सरकार सुदृढीकरणका लागि उपप्रमुखहरूको १० बुँदे ‘मेलम्ची घोषणा’
सिन्धुपाल्चोक, मेलम्ची। स्थानीय सरकारको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा उपप्रमुखरउपाध्यक्षहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मेलम्ची नगरपालिकामा आयोजित बागमती प्रदेशस्तरीय उपप्रमुखरउपाध्यक्ष सम्मेलन ले १० बुँदे ‘मेलम्ची घोषणा’ सार्वजनिक गरेको छ।
सम्मेलनमा सहभागी स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले स्थानीय सरकार सञ्चालनमा आफ्नो भूमिका, जिम्मेवारी, अवसर, चुनौती तथा सम्भावित जोखिमका विषयमा विस्तृत छलफल गरेका थिए। साथै प्रमुखरअध्यक्ष, कार्यपालिका तथा कर्मचारी प्रशासनबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
कार्यक्रमको पहिलो सत्रअन्तर्गत आयोजित प्यानल छलफलमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर तामाङ, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा तथा भरतपुर महानगरपालिकाका कानूनी सहजकर्ताबीच स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षबीचको सम्बन्ध, सहकार्य तथा अधिकार क्षेत्रका विषयमा गहन विमर्श भएको थियो।
छलफलका क्रममा स्थानीय तहमा लैङ्गिक समावेशीकरणको अवस्था, जनप्रतिनिधिहरूबीच जिम्मेवारी तथा अधिकारप्रतिको स्पष्ट बुझाइको आवश्यकता तथा संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई प्रदान गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो। विशेषगरी न्यायिक समिति, कानून निर्माण, राजस्व व्यवस्थापन, बजेट निर्माण तथा सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा उपप्रमुखरउपाध्यक्षहरूको भूमिकाबारे विशेष चर्चा गरिएको थियो।
सहभागीहरूले न्यायिक समितिमार्फत भएका सकारात्मक अभ्यासहरू प्रस्तुत गर्दै स्थानीय सरकारभित्र उपप्रमुख तथा उपाध्यक्षहरूको योगदानलाई अझ संस्थागत, सम्मानजनक तथा परिणाममुखी रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। साथै स्थानीय सरकारलाई थप उत्तरदायी, प्रभावकारी तथा समावेशी बनाउन आवश्यक सुधारका क्षेत्रबारे समेत विचार आदान–प्रदान गरिएको थियो।
दोस्रो सत्रमा बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष देच्छेन तथा चन्द्रागिरी नगरपालिकाका कानूनी सहजकर्ताबीच न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलापकर्ताको भूमिका, संस्थागत सुधारका उपाय तथा विभिन्न स्थानीय तहमा
अपनाइएका असल अभ्यासबारे अनुभव आदान–प्रदान गरिएको थियो।
सम्मेलनका प्रमुख अतिथि संघीय संसद् प्रतिनिधिसभा सदस्य माननीय युवराज दुलाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले गर्नुभएको थियो।
समापन समारोहमा उहाँले स्थानीय सरकारमा उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका थप प्रभावकारी, सम्मानित तथा परिणाममुखी बनाउने उद्देश्यसहित तयार गरिएको १० बुँदे ‘मेलम्ची घोषणा’ तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्थानीय सरकार सुदृढीकरणका लागि उपप्रमुखहरूको १० बुँदे ‘मेलम्ची घोषणा’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्