टोखा नगरपालिका र पालुङटार बीच भगिनी सम्बन्ध , विकासमा सहकार्य गरिने
गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। दिगो विकासका विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान गर्दै आपसी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ दुवै स्थानीय तहबीच यो सम्बन्ध स्थापित गरिएको हो।
सोमबार आयोजित एक समारोहमा पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ले भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति तथा आर्थिक विकासलगायतका क्षेत्रमा अनुभव आदानप्रदान, प्राविधिक सहयोग र संस्थागत सहकार्यलाई अघि बढाइनेछ।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी का अनुसार जनप्रतिनिधि तथा कर्मचारीहरूको अध्ययन भ्रमण, सफल अभ्यासहरूको आदानप्रदान र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन्।
सम्झौताअनुसार पालुङटार नगरपालिका–५ स्थित चारकुने बगैचामा दुवै नगरपालिकाको सहलगानीमा ‘टोखा–पालुङटार मैत्रीपूर्ण पार्क’ निर्माण गरिनेछ। पार्कभित्र खुला व्यायामशाला (ओपन जिम) समेत निर्माण गरिने र त्यसका लागि दुवै नगरपालिकाले लागत साझेदारी गर्ने सहमति भएको छ।
कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटारका रैथाने कृषि उत्पादनलाई टोखामा बजारीकरण गर्ने योजना रहेको बताए। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत यो सम्बन्धले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
दुवै नगरपालिकाबीच स्थापित भगिनी सम्बन्धले जनस्तरमा आपसी सम्बन्ध अझ सुदृढ बनाउने, विकासका सफल अभ्यासहरू साझेदारी गर्ने तथा साझा समृद्धिको यात्रालाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका र पालुङटार बीच भगिनी सम्बन्ध स्थापना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्