इस्कनमा बालबालिकालाई दुर्व्यवहार गर्नेलाई एक वर्ष कैद, तर ५० हजार धरौटीमा छुटे
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कन) मा आश्रित बालबालिकामाथि दुर्व्यवहार गरेको आरोप लागेका एक व्यक्तिलाई सर्वोच्च अदालतले एक वर्ष कैद सजाय सुनाएको छ। यद्यपि, कानुनी व्यवस्थाअनुसार उनी ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
दुर्व्यवहारको आरोपमा पक्राउ परेका सञ्चालक सुरजकृष्ण श्रेष्ठविरुद्ध बालबालिकासम्बन्धी कसुरमा कैद तथा जरिवानाको सजाय कार्यान्वयन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको हो। अदालतले उनलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ धरौटी तोकेको छ। पहिलोपटकको कसुरमा एक वर्षसम्म कैद सजाय तोकिएमा थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने कानुनी व्यवस्था भएकाले उनी रिहा भएका हुन्।
श्रेष्ठका पक्षबाट उनकी पत्नी देभिना साखले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतले रिट खारेज गरेको थियो। न्यायाधीशद्वय अव्दुलअजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले कानुनबमोजिम कारबाही गर्न परमादेश जारी गरेको हो।
कानुनअनुसार बालबालिकासम्बन्धी कसुरमा एक वर्षसम्म कैद तथा जरिवानाको व्यवस्था रहेको छ।
दाङ स्थायी घर भएका श्रेष्ठले इस्कनमा आश्रित बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए। पीडितका बाबुआमा पनि सोही संस्थाको क्यान्टिनमा कार्यरत रहेको बताइएको छ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रतिवादीले थुनाबाहिर बसेर मुद्दा लड्ने सुविधा पाए पनि घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
‘बालबालिकामाथि हुने प्रत्येक कसुरप्रति प्रहरी गम्भीर छ। थप प्रमाण र दोषी पहिचान भए कानुनअनुसार कारबाही अघि बढाइनेछ,’ उनले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #इस्कनमा बालबालिकालाई दुर्व्यवहार गर्नेलाई एक वर्ष कैद, #तर ५० हजार धरौटीमा छुटे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्