अव ट्राफिक नियम उल्लंघनमा गरेमा तिन हजार देखि एक लाखसम्म जरिवाना
कुन गल्तीमा कति जरिवाना ?
काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई अब कडा आर्थिक दण्डको व्यवस्था गरिने भएको छ। सरकारले सवारी नियम उल्लंघन गर्नेहरूलाई न्यूनतम ५ सयदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था सहित नयाँ कानुनको मस्यौदा तयार गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा हालको व्यवस्थाभन्दा उल्लेख्य रूपमा जरिवाना बढाउने प्रस्ताव गरिएको हो। मस्यौदाअनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालक मात्र होइन, पैदलयात्रीलाई समेत कारबाहीको दायरामा ल्याइने भएको छ।
विधेयकमा सवारी साधनमा अपारदर्शी सिसा प्रयोग गर्ने वा बाहिरबाट भित्र नदेखिने गरी सिसामा अन्य सामग्री राख्ने चालकलाई सबैभन्दा बढी १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।
कुन गल्तीमा कति जरिवाना ?
प्रस्तावित कानुनमा विभिन्न ट्राफिक नियम उल्लंघनमा देहाय बमोजिमको जरिवाना प्रस्ताव गरिएको छ-
१० हजार रुपैयाँ जरिवाना: लेन अनुशासन पालना नगरेमा, फुटपाथमा सवारी चलाएमा, एकतर्फी (वान-वे) सडकमा विपरीत दिशाबाट सवारी चलाएमा वा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेमा ।
२५ हजार रूपैयाँ जरिवाना: अनुमति नलिई विदेशी सवारी साधन चलाएमा ।
५ हजार देखि २५ हजारसम्म: सार्वजनिक सडकमा मालसामान वा निर्माण सामग्री राखेर बाटो अवरुद्ध पारेमा ।
५ हजार देखि २० हजारसम्म: सार्वजनिक सवारीले तोकिएको सीट क्षमताभन्दा बढी यात्रु बोकेमा (यात्रुको चाप र रुट अनुसार) ।
५ हजार देखि १५ हजारसम्म: सवारी प्रदूषण परीक्षण प्रमाणपत्र नराखेमा ।
५ हजार रुपैयाँ: ढोका खुला राखेर सवारी चलाएमा वा अवस्था ठीक नभएको सवारी चलाएमा ।
३ हजार देखि ५ हजारसम्म: ट्राफिक संकेत (ट्राफिक लाइट/चिह्न) पालना नगरेमा ।
३ हजार रूपैयाँ: सुरक्षा पेटी (सीट बेल्ट) वा हेल्मेट नलगाई सवारी चलाएमा ।
ट्राफिक जरिवानाको भुक्तानी डिजिटल माध्यमबाटै गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । नागरिक एप वा अन्य विद्युतीय प्रणालीबाट जरिवाना तिर्न सकिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अव ट्राफिक नियम उल्लंघनमा गरेमा तिन हजार देखि एक लाखसम्म जरिवाना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्