रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी : मतदान जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि मतदान भइरहेको हो।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्राविधिक तयारी र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनमा केही ढिलाइ भए पनि अहिले विद्युतीय माध्यमबाट मतदान सुचारु भइसकेको छ। महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि हलमा प्रवेश गर्ने क्रम जारी छ।
सभापतिमा रवि लामिछाने निर्विरोध पार्टीको सर्वोच्च पद सभापतिमा भने वर्तमान सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। सो पदमा लामिछानेको मात्र उम्मेदवारी परेकाले उनी मंगलबार नै निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको थियो।
३८४ उम्मेदवार, ८० भोटिङ मसिन ९९ सदस्यीय केन्द्रीय समितिमा आउनका लागि ३ सय ८४ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। उम्मेदवारको सङ्ख्या धेरै भएकाले एक जना प्रतिनिधिलाई मतदान सम्पन्न गर्न कम्तीमा २० मिनेट लाग्ने अनुमान गरिएको छ।
निर्वाचनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन रास्वपाले स्वदेशी प्रविधिको ‘रामलक्ष्मण भोटिङ मसिन’ प्रयोग गरेको छ। मतदान स्थलमा ८० वटा भोटिङ मसिन तयारी अवस्थामा राखिएका छन्। मतदान प्रक्रिया सुरु भएसँगै उम्मेदवारहरूले प्रतिनिधिहरूसँग मत माग्ने कार्यलाई तीव्र पारेका छन्।
दोस्रो चरणमा पदाधिकारी चयन हुने रास्वपाको निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणको मतदानबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। यो प्रक्रिया सकिए लगत्तै दोस्रो चरणमा प्रवेश गरिनेछ, जहाँ चुनिएका केन्द्रीय सदस्यहरू सङ्ख्याबाट १९ जना पदाधिकारीहरू (उपसभापति, महामन्त्री, सह-महामन्त्री लगायत) को चयनका लागि निर्वाचन हुनेछ।
गएको असार ७ गतेदेखि सुरु भएको रास्वपाको यस प्रथम महाधिवेशनले पार्टीलाई नयाँ नीति र नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी : मतदान जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्