रास्वपा निर्वाचनका लागि ८० भोटिङ मेसिन स्ट्यान्ड बाइ, प्रत्येक प्रतिनिधिलाई मतदान गर्न अधिकतम १८ मिनेटसम्म लाग्ने
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदानको तयारी पूरा भए पनि उम्मेदवारहरूको अन्तिम सूची अहिलेसम्म प्राप्त नभएको प्राविधिक टोलीले जनाएको छ।
रास्वपाले ई–भोटिङ प्रणाली सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्चेर राम–लक्ष्मण भोटिङ मेसिन कम्पनीसँग सम्झौता गरेको छ। सोहीअनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेसिनसहित प्राविधिक टोली तयारी अवस्थामा रहेको छ।
प्राविधिक प्रमुख रामप्रसाद रिमालका अनुसार निर्वाचन आयोगले मंगलबार राति ११ बजेदेखि नै उम्मेदवारको नामावली उपलब्ध गराउने जानकारी दिएको थियो। तर बुधबार बिहानसम्म पनि प्रारम्भिक नामावलीसमेत प्राप्त नभएको उनले बताए।
‘गएराति ११ बजे नै डाटा उपलब्ध गराउने भनिएको थियो, तर अहिलेसम्म प्राप्त भएको छैन,’ रिमालले भने।
निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेपछि नाम र फोटो भोटिङ मेसिनमा अद्यावधिक गर्न करिब ४ देखि ५ घण्टा लाग्ने प्राविधिक टोलीको भनाइ छ। प्रतिनिधिहरूले उम्मेदवारको नाम र तस्बिर हेरेर मतदान गर्ने भएकाले दुवै विवरण मेसिनमा राख्नुपर्ने हुन्छ।
नाम र फोटो प्रविष्टिपछि निर्वाचन आयोगको टोलीले पुनः प्रमाणीकरण तथा स्वीकृति दिनुपर्छ। त्यसपछि मात्र मतदान प्रक्रिया सुरु गर्न सकिने रिमालले जानकारी दिए।
उनका अनुसार सम्पूर्ण मतदान प्रणाली सञ्चालनयोग्य बनाउन करिब १४ घण्टाको समय आवश्यक पर्छ। ‘मेसिनमा नाम अनलाइन नभई अफलाइनमार्फत प्रविष्ट गर्नुपर्छ। प्रत्येक नाम र फोटो रुजु गरेर प्रमाणित गर्नुपर्ने भएकाले मात्रै ४–५ घण्टा लाग्छ,’ उनले बताए।
हाल चितवन उद्योग संघको प्रदर्शनी हलमा ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएका छन्। उम्मेदवारहरूको फोटोसहितको अन्तिम नामावली प्राप्त भएपछि डाटा अद्यावधिक गरी निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
रिमालका अनुसार मतदान सुरु भएपछि प्रत्येक प्रतिनिधिलाई मतदान गर्न अधिकतम १८ मिनेटसम्म लाग्न सक्छ। यद्यपि मतदान सम्पन्न भएपछि नतिजा भने एकदेखि डेढ घण्टाभित्र सार्वजनिक गर्न सकिनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्