Techie IT
शनिबार, असार ६,२०८३

तारकेश्वरमा नेशनल मोडल विद्यालयका प्रिन्सिपल डीएन अधिकारी मृत अवस्थामा फेला


काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित भेटघाट चोक नजिक आफ्नै निवासमा नेशनल मोडल विद्यालयका प्रिन्सिपल डीएन अधिकारी मृत अवस्थामा फेला परेका छन्।

अधिकारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) काठमाडौं जिल्लाका कोषाध्यक्ष समेत थिए। प्रारम्भिक जानकारीअनुसार उनी आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीले घटनास्थलको अनुसन्धान सुरु गरिसकेको जनाएको छ। यद्यपि, उनको मृत्युको वास्तविक कारणबारे हालसम्म आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।

परिवार निकट स्रोतका अनुसार अधिकारी केही समयअघि श्रीमतीको निधनपछि मानसिक रूपमा पीडामा रहेको बताइएको छ। तथापि, मृत्युको कारणबारे पुष्टि हुन बाँकी नै छ।

शिक्षा क्षेत्रमा मिलनसार, सहयोगी र सक्रिय व्यक्तित्वका रूपमा परिचित अधिकारीको असामयिक निधनले विद्यालय समुदाय तथा समग्र शिक्षा क्षेत्रमा शोक छाएको छ। विभिन्न शैक्षिक संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा नेशनल मोडल विद्यालयका प्रिन्सिपल डीएन अधिकारी मृत अवस्थामा फेला


तपाईको कमेन्ट लेख्नुहोस्