साङ्गला–कुन्चिप्वाकमा फेरि मोटरसाइकल चोरी, प्रहरी चौकी हुँदाहुँदै अपराध बढ्दो
काठमाडौं । तारकेश्वर नगरपालिका अन्तर्गत साङ्गला–कुन्चिप्वाक क्षेत्रबाट एक मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ। स्थानीयवासी पुकार तामाङको नाममा दर्ता रहेको बा.प्र.०२–०१९ प ११२६ नम्बरको मोटरसाइकल हिजो राति करिब ११:३० बजे चोरी भएको परिवारजनले बताएका छन्।
तामाङका परिवारका अनुसार घटनास्थल वरपर जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज हेर्दा मोटरसाइकल चिहानडाँडाबाट चुनीतर्फ लगिएको देखिएको छ। चोरी भएको मोटरसाइकल कसैले देखेमा वा घटनासम्बन्धी कुनै जानकारी भएमा सम्बन्धित परिवार तथा प्रहरीलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।
यस घटनापछि स्थानीयवासीहरूले साङ्गला क्षेत्रमा बढ्दै गइरहेका चोरी तथा आपराधिक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार पछिल्ला केही महिनायता मोटरसाइकल, घर तथा पशुचौपाया चोरीका घटनामा वृद्धि हुँदै गएको छ।
स्थानीयवासीहरूले साङ्गलामा प्रहरी चौकी स्थापना भए पनि अपेक्षा अनुसार शान्ति सुरक्षा कायम हुन नसकेको गुनासो गरेका छन्।
स्थानिय प्रहरी शान्त सुरक्षा भन्दा पनि पटिङ्ग र बालुवाप्रति लालत बढाएको स्थानियको आरोप छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रहरी चौकी हुँदाहुँदै अपराध बढ्दो, #साङ्गला–कुन्चिप्वाक क्षेत्रमा फेरि मोटरसाइकल चोरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्