Techie IT
बुधबार, असार ३,२०८३

ग्राण्डी इन्टरनेशनल अस्पताल र सार्क सचिवालय बीच स्वास्थ्य सेवासम्बन्धी समझदारी


काठमाडौं । 𝐆𝐫𝐚𝐧𝐝𝐞 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 र 𝐒𝐀𝐀𝐑𝐂 सचिवालयबीच स्वास्थ्य सेवा प्रवर्द्धन तथा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौतासँगै दक्षिण एसियाली क्षेत्रीय सहकार्य संगठन (सार्क) सचिवालयका सदस्य, कर्मचारी तथा प्रतिनिधिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा, विशेष स्वास्थ्य सुविधा तथा प्राथमिकताका आधारमा उपचार सेवा उपलब्ध गराउने मार्ग खुला भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उक्त सहकार्यले दक्षिण एसियाली क्षेत्रभित्र संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउँदै विश्वस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ। यस साझेदारीमार्फत सार्क सचिवालयसँग आबद्ध व्यक्तिहरूले विशेषज्ञ चिकित्सकीय सेवा, स्वास्थ्य परीक्षण, परामर्श तथा विभिन्न स्वास्थ्य सुविधामा सहज पहुँच प्राप्त गर्नेछन्।

ग्राण्डी इन्टरनेशनल अस्पतालले यो समझदारीलाई क्षेत्रीय सहकार्य र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। अस्पतालले भविष्यमा पनि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूसँग सहकार्य गर्दै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अस्पताल र सार्क सचिवालयबीच भएको यो साझेदारीले स्वास्थ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुका साथै दक्षिण एसियाली क्षेत्रका संस्थाहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #सार्क सचिवालय र ग्रान्डे इन्टरनेशनल अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी समझदारी


तपाईको कमेन्ट लेख्नुहोस्