टोखा नगरपालिकाबाटै असार १ देखि प्यान, भ्याट र करसम्बन्धी सेवा
काठमाडौं – टोखा नगरपालिकाले आगामी असार १ गतेदेखि आन्तरिक राजस्व कार्यालयमार्फत प्रदान हुँदै आएका केही राजस्वसम्बन्धी सेवा आफ्नै कार्यालयबाट सञ्चालन गर्ने भएको छ।
नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णय तथा टोखा नगरपालिका, आन्तरिक राजस्व कार्यालय बालाजु र आन्तरिक राजस्व कार्यालय महाराजगञ्जबीच भएको समझदारीअनुसार उक्त सेवा स्थानीय तहबाटै उपलब्ध गराउन लागिएको हो।
नगरपालिकाका अनुसार अब व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० जारी गर्ने, नगरपालिका क्षेत्रभित्र दर्ता भएका व्यवसायलाई व्यवसायिक प्यान उपलब्ध गराउने तथा करदातासम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै प्राप्त गर्न सकिनेछ।
यसैगरी मूल्य अभिवृद्धि कर ९भ्याट० दर्ताका लागि आवश्यक सिफारिस तथा दर्ता प्रमाणपत्र उपलब्ध गराउने सेवा पनि नगरपालिकाले प्रदान गर्नेछ। अन्तःशुल्क इजाजतपत्र आवश्यक पर्ने व्यवसायका लागि नयाँ इजाजतपत्र तथा नवीकरणसम्बन्धी सिफारिससमेत अब नगरपालिकामार्फत हुने जनाइएको छ।
त्यस्तै कर चुक्ता प्रमाणपत्रका लागि आवश्यक सिफारिस, करदाताको दर्ता विवरण संशोधन लगायतका सेवा पनि स्थानीय तहबाटै उपलब्ध हुनेछन्।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीका अनुसार संघीय सरकारको निर्णयअनुसार राजस्व प्रशासनसँग सम्बन्धित केही सेवा स्थानीय तहमा हस्तान्तरण गरिएको हो। यसबाट सेवाग्राहीले आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने बाध्यता कम भई सेवा प्रवाह थप सहज, छिटोछरितो र प्रभावकारी हुने उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा नगरपालिकाबाटै असार १ देखि प्यान, #भ्याट र करसम्बन्धी सेवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्