Techie IT
आईतबार, जेठ १७,२०८३

तोलामा २० हजार पाँच सयले बढ्यो सुनको मूल्य


काठमाडौँ, जेठ १७ गते । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आइतबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० ले बढेको हो ।

गत शुक्रबार दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल  पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ


क्याटेगोरी : समाचार
ट्याग : #तोलामा २० हजार पाँच सयले बढ्यो सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्