Techie IT
बिहीबार, जेठ १४,२०८३

एकैदिन सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ५ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधबार सुन तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #एकैदिन सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्