Techie IT
आईतबार, जेठ १०,२०८३

रास्वपा तारकेश्वरद्धारा विभिन्न बिभाग गठन , हेर्नुहोस को को ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर नगर समितिले आफ्नो संगठनलाई थप विस्तार तथा सुदृढ बनाउने अभियानलाई तीव्रता दिएको छ। जनताको चासो, गुनासो तथा सुझावलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारी स्वरूप नगर संगठनअन्तर्गत विभिन्न विभाग गठन तथा नेतृत्व चयन कार्यलाई अघि बढाइएको जनाएको छ।

नगर समितिका अनुसार, तारकेश्वर नगरअन्तर्गत रहेका ३१ विभागमध्ये यसअघि नै ६ विभागीय प्रमुखहरूले आफ्नो पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेका थिए। यसै क्रममा आज थप १४ विभागका विभागीय प्रमुखहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

कार्यक्रममा पार्टीका नगरस्तरीय पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्याको पहिचान तथा समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

रास्वपा तारकेश्वर नगर समितिले बाँकी विभागहरूलाई पनि छिट्टै पूर्णता दिँदै संगठनलाई अझ प्रभावकारी र जनमुखी बनाउने जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #रास्वपा तारकेश्वरद्धारा विभिन्न बिभाग गठन हेर्नुहोस को को


तपाईको कमेन्ट लेख्नुहोस्