चीनले इरानलाई सैन्य उपकरण नदिने ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump ले चिनियाँ राष्ट्रपति Xi Jinping ले स्ट्रेट अफ हर्मुज खुला राख्न अमेरिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन्।
बेइजिङमा दुई नेताबीच भएको भेटवार्तापछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले चीनले अमेरिका–इरान तनावका क्रममा इरानलाई कुनै सैन्य उपकरण नपठाउने आश्वासन दिएको बताएका हुन्।
ट्रम्पका अनुसार सीले “चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराउने छैन” भन्दै स्ट्रेट अफ हर्मुज खुला रहोस् भन्ने चाहना व्यक्त गरेका थिए। साथै, आवश्यक परे सहयोग गर्न चीन तयार रहेको सन्देश पनि उनले दिएको ट्रम्पको भनाइ छ।
तीन दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ पुगेका ट्रम्प आज अमेरिका फर्किने कार्यक्रम रहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चीनले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको ट्रम्पको दाबी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्