टोखामा मालपोत–नापी सेवा र नदी करिडोरको विकास एजेन्डा लिएर विभिन्न मन्त्रालयमा पुगे मेयर प्रकाश अधिकारी
काठमाडौं । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल तथा परराष्ट्र मन्त्री शिशिर खनालसँग सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता गरेको छ।
मिति २०८३ वैशाख ३० गते भएको भेटमा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, वडा अध्यक्षहरू रमेश खत्री, रामभक्त घिमिरे, घनश्याम खड्का, नगर प्रवक्ता बच्चुराज बस्याल तथा कामु वडा अध्यक्ष लिला देवी अधिकारी सहभागी थिए।

टोखा नगरपालिकाको टोलीले हाल डिल्लीबजारबाट सञ्चालन हुँदै आएको भूमि, मालपोत तथा नापी कार्यालयको सेवा आगामी आर्थिक वर्षदेखि टोखा नगरपालिका–गोङबु क्षेत्रमा व्यवस्थापन गर्न अनुरोध गरेको जनाएको छ।
भेटका क्रममा टोखा नगरपालिकाभित्र प्रस्तावित सामाखुसी–टोखा–छहरे–केरुङ तथा बीआरआई मार्ग, साथै विष्णुमती र साङ्ले खोलाको नदी करिडोर सडक विस्तार तथा मापदण्डका विषयमा समेत व्यापक छलफल भएको नगरपालिकाले जनाएको छ।
टोखा नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालद्वारा जारी जानकारीअनुसार स्थानीयस्तरमै सेवा विस्तार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग समन्वय अघि बढाइएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा मालपोत–नापी सेवा र नदी करिडोरको विकास एजेन्डा लिएर विभिन्न मन्त्रालयमा पुगे मेयर प्रकाश अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्